
काठमाडौँ, ३१ असार। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) भारत प्रस्थान गरेका छन् । ।
भारतीय जनता पार्टीको निमन्त्रणमा अध्यक्ष प्रचण्ड ३ दिने भ्रमणका लागि दिल्ली उडेका हुन् ।
दिल्ली उड्नु अघि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले आफ्नो भ्रमण दुई देशको सम्बन्ध सुदृढ गर्नमा केन्द्रित हुने बताएका छन् ।
प्रचण्डले आफनो भारत भ्रमणलाई चिनिया कम्युनिष्ठ पार्टीको विदेश विभाग प्रमुख लिउ चियान छाओको नेपाल भ्रमणसँग नजोड्न आग्रह गरेका छन् । शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिल्ली प्रस्थान गर्नु अघि सञ्चारकर्मीसँग कुरा गर्दे उनले लिउ नेपाल आउनुभन्दा अगाडि नै आफनो भारतीय भ्रमण तय भएको बताए ।
प्रचण्डले लिउसँगको भेटमा चिनिया भ्रमणको निम्तो पाएकोले छिटै चिन भ्रमण पनि हुने बताए ।
अध्यक्ष जेपी नड्डाले भाजपाले प्रत्येक वर्ष आयोजना गर्ने नेतृत्व शिखर सम्मेलनमा सहभागी हुन निमन्त्रणा दिएपछि प्रचण्ड दिल्ली गएका हुन् ।
प्रचण्डले आइतबार बिहान भारतीय प्रधानमन्त्री मोदीसँग उनको निवासमा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
नड्डासँग प्रचण्डले भाजपा मुख्यालयमा शनिबार भेटवार्ता हुने कार्यक्रम रहेको छ । लगतै प्रचण्डले प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री डा.एस. जयशंकरसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्नेछन् ।
उहाँ आगामी साउन १ गते स्वदेश फर्कने कार्यतालिका तय गरिएको छ ।
भारत उड्नु अघि प्रधानमन्त्रि निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठकमा प्रचण्ड सहभागी भएका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे