
३० असार काठमाडौँ |आउँदो असार ३१ र ३२ गते शुक्रबार र शनिबारका दिन द एभरेस्ट हाेटल काठमाडौंमा सेेप इभेन्टस् एन्ड मिडियाको चाैधाैं इन्डिया एजुकेसन करीयर फेयर २०२२ सन्चालन हुने भएको छ।
उक्त फेयरमा भारतका विभिन्न क्षेत्रका युनिभर्सिटी जस्तै यश आर एम ईन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी, एमिटी युनिभर्सिटी, सारदा युनिभर्सिटी, आ ई एम ईन्स्टिच्युट अफ ईन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, भि आई टी युनिभर्सिटी, जे आई यस युनिभर्सिटी, अमृता विश्व विध्यापिथम, थापर युनिभर्सिटी लगायत थुप्रै युनिभर्सिटीहरुकाे सहभागीता हुने लिडीङ् एजुकेसन फेयर आयोजक सेपका म्यानेजिङ डाइरेक्टर सन्जय थापाले बताउनु भयो।
नेपालको काठमाडौं र बिराटनगर त्यसै गरि अन्य मुलुक वङलादेश, भुटान, म्यानमार ईन्डोनेसीया, र अफ्रिका कन्ट्री मा समेत गरी इन्डिया एजुकेसन फेयर सन्चालन गरिरहेको डेढ दसकको अनुभव डाइरेक्टर सन्जय थापाको अनुभव रहको छ। भारतको उत्कृष्ट कलेज युनिभर्सिटी र इन्स्टिच्युटलाई एकै छानामुनि राखी विद्यार्थी अभिभावकको सामु प्रस्तुत गर्दा आफू सन्तुष्ट रहेको डाइरेक्टर सन्जय थापा जानकारी गराउनु हुन्छ।
शैक्षिक मेलाको आकर्षण विद्यार्थीलाई छात्रवृत्ति साथसाथै क्यु एफ एक्स हलको टिकट व्यवस्था गरिको छ। पछिल्लो समयमा बिदेश अध्ययनका अन्य गन्तव्य भन्दा भारत भाषा, यात्रा, बातावरण र खर्चको हिसाबले किफायती र सहज बन्दै आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे