
३० असार काठमाडौँ |प्रतिनिधि सभाको उपसभामुखको निर्वाचन असार ३१ गतेका लागि तोकिएको छ ।लामो समयदेखि रिक्त रहेको प्रतिनिधिसभाको उपसभामुख पदका लागि निर्वाचनको मिति तोकिने भएको छ ।त्यसका लागि आज बिहीबार उम्मेदवारको मनोनयन दर्ता गरिंदै छ भने भोलि शुक्रबार प्रतिनिधिसभामा मतदान हुनेछ ।
सभामुख अग्नि प्रसाद सापकोटाले बुधबारको प्रतिनिधि सभा बैठकमा उपसभामुख चयनका लागि निर्वाचनको मिति तोकेका हुन् ।सांसदहरूले पटक–पटक उपसभामुख निर्वाचन प्रक्रिया सुरु गर्नुपर्ने माग गर्दा पनि सभामुख सापकोटाले निर्वाचन प्रक्रिया सुरु गरेका थिएनन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे