
काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षेले देश छाडेका छन् ।मुलुक आर्थिक संकटमा परेपछि भएको विरोध प्रदर्शन थेग्न नसकेपछि राजपक्षे स्थानीय समयअनुसार बुधबार बिहान ३ बजे सैनिक विमान चढेर मालदिभ्सको राजधानी माले पुगेका छन् ।
राजपक्षेले मुलुक छाडेसँगै श्रीलंकामा वर्षौंदेखिको एक परिवार शासन अन्त्य भएको छ । उनले आज राजीनामाको घोषणा गर्दैछन् ।
बीबीसीका अनुसार राजपक्षेसँगै उनका भाइ पूर्व अर्थमन्त्री बासिल राजपक्षेले पनि छाडेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे