
बाजुरा |बाजुराको बुढिगंगा नगरपालिकामा अहिले मतदान भइरहेको छ । अहिले बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । मतदानका लागि एक हजार बढी सुरक्षाकर्मी परिचालित भएका छन् । १० ओटा मतदानस्थल रहको पालिकामा हरेक मतदानस्थलमा १ सयको हाराहारीमा सुरक्षाकर्मी परिचालित गरिएको सुरक्षा निकायले जनाएको छ ।
गत वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि मतदान नै स्थगित गरिएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे