
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुलचोकमा उपस्थित गराइएको छ। उनी सोमबार नेपालगञ्जबाट पक्राउ परेका थिए र स्थलमार्ग हुँदै काठमाडौं ल्याइएको हो। पक्राउपछि उनलाई सोधपुछका लागि विभागमा लगिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सिफारिसमा उनलाई नियन्त्रणमा लिइएको बताइएको छ। उनको आर्थिक कारोबार र सम्पत्तिको स्रोतबारे शंका लागेपछि अनुसन्धान सुरु गरिएको हो।
यसअघि पक्राउ गर्नु अघि ललितपुरको भैँसेपाटीस्थित उनको घरमा प्रहरीले छापा पनि मारेको थियो। अहिले विभागले उनको बयान लिएर थप अनुसन्धान अघि बढाउने तयारी गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे