
काठमाडौँ २२ असार |अर्थमन्त्रि जनार्दन शर्माले बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा छानविन गर्न ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गर्ने प्रस्ताव प्रतिनिधि सभाबाट पारित भएको छ ।
सभामुख अग्नि सापकोटाले राखेको ११ सदस्य विशेष छानबिन समिति गठन गर्ने प्रस्ताव प्रतिनिधि सभाबाट बहुमतले पारित भएको हो ।
समितिमा एमालेबाट चार, कांग्रेस, माओवादी केन्द्रबाट दुई/दुई जना, एकीकृत समाजवादी, जसपा र लोसपाबाट एक/एक जना सदस्य छन्।
छानविन समितिमा सांसदहरू खगराज अधिकारी, देव गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो र सुरेन्द्रप्रसाद यादव सदस्य रहेका छन् ।
समितिले करका दर हेरफेर गर्ने क्रममा अनधिकृत व्यक्तिको प्रवेशका विषयमा सत्यतथ्य खोजेर प्रतिवेदन बनाएर पेस गर्नेछ । समितिलाई दश दिनको समय दिइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे