काठमान्डौ | आज नेप्से परिसूचक सामान्य अंकले बृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १३.३३ अंक बढेर २०४३.९२ बिन्दुमा पुगेको छ । बुधबार कारोबारमा आएका २२८ कम्पनीको ६२ लाख ६३ हजार कित्ता शेयर २ अर्ब १७ करोड ८६ लाख ५५ हजार रुपैयाँ बराबरको खरिदविक्री भएको छ ।
कूल २२८ कम्पनीको ६२ लाख ६३ हजार ३१० कित्ता शेयर रु दुई अर्ब १७ करोड ८६ लाख ५५ हजार ७०१ मूल्यमा खरिद बिक्री भए । लाइफ इन्स्योरेन्स कर्पोरेशन, सिभिल बैंक , हिमालयन डिस्टिलरी र माथिल्लो तामाकोसी शीर्ष पाँचभित्र पर्न सफल भए ।
सीवाईसी नेपाल लघुवित्त, तेह्रथुप पावर, सिभिल बैंक, रिलायन्स फाइनाइन्सको सेयर मूल्य धेरै बढ्ने कम्पनीहरुमा रहे ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे