
२१ असार काठमान्डौ नेपाल आयल निगमले फेरि इन्धनको मूल्य वृद्धि गरेको छ। सोमबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजेलमा ९ र मट्टीतेलमा ९ रुपैयाँले बढाएको छ।
मूल्य बढेपछि पेट्रोल लिटरको १८१ रुपैयाँ , डिजेल र मट्टीतेल १७२ रुपैयाँ पुगेको छ।
हवाई इन्धनको भने प्रतिलिटर ५ रुपैयाँले बढेको छ। हवाई इन्धन आन्तरिकतर्फ १९० रुपैयाँ पुगेको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे