काठमान्डौ , १५ असार | देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिण भूभाग नजिक रहेकाले देशका अधिकांश स्थानमा भारी वर्षा भएको छ ।
शुक्रबारदेखि अहिलेको अवस्थामा तुलनात्मक रुपमा केही सुधार देखिने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
बुधबार राति भने देशभर सामान्यदेखि पूर्ण रुपमा बदली रहनेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे