
काठमान्डौ , १२ असार| निरन्तर वर्षाको कारण पोखरामा बाटोसहित घर भासिएको छ । पोखरा महानगरपालिका वडा नम्बर ४ मा सडकसहित एक घर भासिएको छ ।
अविरल वर्षाका कारण पोखरबाट बागलुङ बसपार्क जाने सडक भासिएको छ । घरको बाहिरी भाग सकुशल रहेपनि भित्री कोठा भने भासिएर पूर्ण क्षति पुगेको छ ।
सडक भासिएसँगै बागलुङ राजमार्ग हुँदै गणेशटोल, गैरापाटन आवतजावत ठप्प भएको छ ।केही वर्ष यता पोखराका विभिन्न स्थानमा सडक भासिएर प्वाल पर्दै आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे