
काठमान्डौ- रवि लामिछानेले नयाँ दल खोलेको घोषणा गरेका छन्।पत्रकारिता छाडेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले आफनो पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् ।
काठमाडौंको राष्ट्रिय सभा गृहमा जारी कार्यक्रममा उनले आफनो पार्टीको धोषण गरेका हुन्र ।उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरुलाई आफ्नो दलमा आउन आग्रह गरे ।लामिछानेले आम नागिरकलाई चाहिएको जस्तो दल बनाएर अघि बढ्ने बताए ।उनले सम्पूर्ण क्षमतावान तथा शिक्षित व्यक्तिहरुलाई पार्टीको सदस्य हुन आह्वान गरेका छन्।
लामिछानेले हरेकको दिमागमा घण्टी बजाउनुपर्ने भन्दै चुनाव चिह्नको रुपमा ‘घण्टी’ प्रस्ताव गरेका छन्र । उनले अहिले भएका कुनै पनि दलमा आफू प्रवेश नगर्ने घोषणा पनि गरे ।निर्वाचनमा ‘राइट टु रिकल’को व्यवस्था पनि आफ्नो पार्टीको अवधारणा रहेको उनले बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे