
काठमाडौँ — प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा आज (शुक्रबार) सहभागी हुँदै नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले १० बुँदे सम्झौताको मस्यौदा भनेर जनतालाई भ्रम छर्न खोजिएको बताएका छन् । उँहाले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट पारेका छन् । सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकी अधिकारीहरुलाई भनिसकेको जानकारी पनि उनले दिए ।
एसपीपीको १० बुदे डकुमेन्ट सहि होइन, जनतामा भ्रम पार्न खोजियो शर्माकाे तर्क छ । सेनाले सरकार र विज्ञसँग छलफल नगरी केही गर्दैन भन्दै प्रधान सेनापति शर्माले एसपिपीको १० बुँदे डकुमेन्ट कसले किन ल्याएको भन्ने सेनालाई केही थाहा नभएको प्रष्ट पारेका छन्र ।
उनले भने, ‘अहिले नेपाली सेनाले लेखेको जुन पत्र आएको छ, यो सत्य हो । चिठी लेखिएको साँचो हो । तर चिठी लेख्दैमा सैन्य अलाएन्स लेखिएको छैन ।’ भूकम्पको बेला मानवीय सहायताका लागि भनेर पत्र लेखिएको उनले जानकारी दिए ।सेनाले २०७२ साल कात्तिक १० गते पठाएको पत्र सैनिक तालिमसँग सम्बन्धित नरहेको पनि उहाँले प्रष्ट पारेका छन्र।
भूकम्प लगत्तैको समयमा विपद् ब्यवस्थापनका लागि सहयोग आदान प्रदानको उदेश्यसहित पत्र पठाइएको प्रधानसेनापति प्रभुराम शर्माले बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे