
काठमाडौं- गृह मन्त्रालयले आगामी असार १ गतेबाट कार्यालय समय १० देखि ५ बजेसम्म हुने जनाएको छ ।
नेपाल सरकार, मन्त्रिपरिषद्को जेठ २३ गतेको बैठकले दुई दिन सार्वजनिक बिदा दिने निर्णयलाई खारेज गरेपछि यो नयाँ कार्यालय समय तोकिएको हो । सरकारले यसअघि सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
मन्त्रालयका प्रवक्ता फडीन्द्रमणि पोखरलले सोमबार साँझ जारी गर्नुभएको सूचनामा उक्त कुरा उल्लेख छ ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे