
काठमाडौँ, २७ जेठ । काठमाडौँ महानगरपालिका र सिसडोल बञ्चरेडाँडा – कुँडुले ल्याण्डफिलमा फोहोर ब्यवस्थापन गर्न दिने सहमति भएको छ ।
गएराति १ बजे सकिएको बैठकमा काठमाडौँ महानगरसँग ककनी गाउँपालीका र धुनिवेशी नगरपालीकाका वडा अध्यक्षहरू विच १८ बुँदे सहमति भएको हो ।
दुई पक्षबिच फोहोर ढुवानी रातिको समयमा गर्ने, रातिको लागि आवश्यक पूर्वाधार बत्ती तथा बाटोको निर्माण तीन महिनाभित्र गर्ने, सिसडोल र बञ्चरे डाँडामा फोहोरको दुर्गन्ध नआउने गरी काठमाडौं महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने, सहरी विकास मन्त्रालयमा भएको प्रतिबद्धताको कार्यान्वयन गर्न पहल गर्ने लगायत १८ बुँदे सहमति भएको छ।
सहमतिअनुसार शुक्रबारदेखि नै उपत्यकाको फोहोर विसर्जनको अवरोध हटाइने भएको छ। आजदेखि उपत्यकाको फोहो उठ्ने भएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे