
पार्टीको विद्यार्थी विशेष जिल्ला कमिटी अध्यक्षको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनलाई भत्काउने प्रयत्नहरु भइरहे पनि त्यसको पछि नलाग्न पार्टीको सिंगो पंक्तिलाई आह्वान गरे ।अध्यक्ष नेपालले आगामी मंसीरमा प्रदेशसभा र प्रतिनिधिसभा चुनाव हुने भन्दै त्यतिबेलासम्म सत्तारुढ गठबन्धनलाई कायमै राखेर अघि बढन आफ्नो पार्टीले चाहेको बताएका हुन् ।
उनले विद्यार्थीको पहिलो काम नै पढ्ने भएको र आफू एकैचोटी ३ बाट ५ कक्षामा पुगेको बताएका हुन् ।उनले भने, ‘तपाईंहरुले पार्टी सदस्यता कहिले लिनुभयो ढिलो चाँडो जहिले लिए पनि तपाईंहरु विद्यार्थी विशेष जिल्ला कमिटीमा आउनुभएको छ । राम्रा मान्छेले फड्को मार्छन्, म पनि एकैचोटी कक्षा ३ बाट ५ मा पुगेको थिएँ। मान्छेमा खुबी छ भने त्यो सानैमा देखिन्छ ।गठबन्धनभित्र कमजोरी भए आलोचना गर्ने तर गठबन्धनलाई भने निरन्तरता दिएरै जाने उनको प्रतिबद्दता थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे