
काठमाडौं, २३ जेठ ,सोमबार प्रतिनिधिसभा बैठकमा महामन्त्री तथा सांसद गगन थापाले गत शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरेर असार समान्न्तभित्र इम्बोस्ड नम्बर प्लेट जडान गर्न डर, त्रास र धम्कीपूर्ण भाषामा सरकारले उर्दी दिएको भन्दै आपत्ति जनाएका हुन् ।नामाकरण टुंगिएको प्रदेशमा गत मंसिर महिनादेखि इम्बोस्ड नम्बर प्लेट लागु गर्ने गरिएको निर्णय कार्यान्वयन नभएको विषयमा समीक्षा नै नगरी सरकारले १ साउनदेखि अनिवार्य गर्नेगरी जारी गरिएको सूचनाबारे पुनर्विचार गर्नुपर्ने उनको माग छ ।
उनले इम्बोस्ड नम्बर व्यावहारिक नभएको पनि तर्क गरे।थापाले कम्पनीमाथि पनि शंकाको घेरामा रहेको बताएका छन्। उनले इम्बोस्ड नम्बर देवनागरीमा नभएकोमा पनि विरोध जनाएका छन्। यस्तै नम्बर जडानमा महँगो भएको भन्दै त्यसको मूल्य घटाउनु पर्नेमा उनको तर्क छ। जबरजस्ती गरिए नागरिकले यसको अवज्ञा गर्नेसमेत थापाले चेतावनी दिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे