
नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीको तर्फबाट मन्त्री भएकाहरुलाई २४ घण्टाभित्र फिर्ता बोलाउने निर्णय गरेको छ।आइतबार पार्टी कार्यालय तीनकुनेमा बसेको नेकपा समाजवादीको सचिवालय बैठकमा सरकारमा पार्टीबाट मन्त्रीहरुको हेरफेरका बारेमा छलफल भएको थियो । सो बैठकले त्यसको जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ ।
हाल देउवा नेतृत्वको सरकारमा एसबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेम आले, श्रममन्त्री किसान श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ रहेका छन् ।
अब सो पार्टीको तर्फबाट मेटमणि चौधरी सहरी विकास, भवानी खापुङ स्वास्थ्य, जीवनराम श्रेष्ठ पर्यटन, शेरबहादुर कुँवर श्रममन्त्री तथा हीरा केसी स्वास्थ्य राज्यमन्त्री हुने भएका छन्।
पार्टी कार्यालयबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गदै अध्यक्ष नेपालले भन्नुभया मन्त्री हेरफेर नियमित प्रक्रिया हो । मन्त्रीहरूलाई पहिले नै ६ महिनाको लागि भनिएको थियो उहाँले भन्नुभयो ।सुरूदेखि नै छ महिनाका लागि भनिएको हो। यो रेगुलर प्रोसेस हो,’ अध्यक्ष नेपालले भन्नुभयो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे