
काठमाडौँ — बलात्कार आरोपमा मुद्दा खेपिरहेका अभिनेता पल शाहको साधारण तारेख मागसम्बन्धी निवेदनमा उच्च अदालतमा वहस शुरु भएको छ । १० चैतमा उनलाई पुर्पक्षका लागि जिल्ला अदालतले जेल चलान गरेको थियो । १५ चैतमा उच्च अदालतमा बाहिर बसेर मुद्दा लड्न पाउने माग गरी निवेदन दिएका थिए । न्यायाधीशद्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा दुवै तर्फका वकिलहरूले बहस गरिरहेका छन् ।
पल शाहको पाँच जना र प्रतिवादीको तर्फबाट २ जना वकिलले बहस गर्दैछन् । नाबालिका बलात्कार आरोपमा उनी करिब ४ महिना देखि थुनामा छन्र । ११ फागुनमा शाहले अदालतमा आत्मसमर्पण गरेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे