
काठमान्डौ -लोकतान्त्रिक समाजवादी पार्टीका सांसद बिमलप्रसाद श्रीवास्तवले यो आर्थिक वर्षभित्र वीरगञ्जमा चिनी मिल सञ्चालन भएमा आफ्नो नामको घर सरकारको नाममा पास गरिदिने अथवा त्यो घर बेचेर भए पनि जति पैसा हुन्छ त्यो पैसा सरकारलाई आफ्नो व्यक्तिगत रुपले सहयोग घोषणा गरेका छन् ।
प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद श्रीवास्तवले बजेटमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन गर्ने घोषण गर्नु स्वागतयोग्य रहेको बताउँनु भयो ।
उनले भने‚ ‘यसपालिको बजेटमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन गर्ने भन्ने उद्घोष सुन्यौं यहाँ । त्यो स्वागतयोग्य छ । त्यसका लागि म अर्थमन्त्रीलाई धन्यवाद पनि दिन चाहन्छु । साथसाथै उहाँलाई एउटा निवेदन पनि म गर्न चाहान्छु । यदि यो साल वीरगन्जमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन हुन्छ भने म त्यति सम्पन्न व्यक्ति होइनस मसँग पैसा पनि छैन । तर‚ यो दुईवटा कुरा सञ्चालन भयो भने मेरो नामको एउटा घर छस त्यो घर या त सरकारको नाममा पास गरिदिन्छु अथवा त्यो घर बेचेर भए पनि एकरडेढ करोड जति पैसा हुन्छस म यो सरकारलाई आफ्नो व्यक्तिगत रुपले सहयोग गर्ने आज सभामा म प्रतिज्ञा गर्दछु ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे