
काठमाडौं, १७ जेठ । आईजीपी विवाद सम्बन्धी मुद्दाको सुनुवाइ स्थगित भएको छ । न्यायाधीशद्वय विश्वभरप्रसाद श्रेष्ठ र कुमार चुडालको इजलासमा पेसी रहेको मुद्दा लगाउमा पेसी चढेको थियो ।
डीआईजीहरु इश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले २०७८ चैतमा निवेदन दर्ता गरेका थिए। उनीहरुको र आईजीपी बढुवामा नपरेका विश्वराज पोखरेलले दायर गरेको रिट सँगै राखिएको थियो।
अब अर्को सुनुवाइ नियमित पेसी चढ्दै हुनेछ। अर्को पेसी कहिले हुने भन्ने बेलुका मात्र थाहा हुने छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे