
काठमाडौं । काठमाडौं महानगरपालिका नवनिर्वाचित प्रमुख बालेन साहले पदभार ग्रहण गरेका छन् ।पदभार ग्रहण गर्दै उनले पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् । आज अपरान्ह ४ बजे नगरकार्यपालिकाको बैठक बस्ने र त्यसको लाइभ प्रसारण गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् ।मेयर साहले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णय गरेका छन् ।
काठमाडौंको फोहोर व्यवस्था नभएसम्म खादा–माला नलगाउने र खुसी नमनाउने उनले बताएका छन् ।उनले भने, ‘हामीले गरेको पापको भोगी उहाँहरु हुनु भएको छ । हाम्रो फोहोरले गर्दा सिसडोलवासी क्यान्सर पीडित हुनु भएको छ, छालाको रोग भएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे