
काठमाडौ । सरकारले काठमाडौंका विभिन्न ठाउँमा सुरुङमार्ग निर्माण गर्ने भएको छ।अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै सुरुङममार्ग निर्माण गरिने बताएका छन्। काठमाडौं उपत्यकाका चार भञ्ज्याङ अभियानतर्फ ३ भञ्ज्याङ टोखा–छहरे, गादावरी–पनौती, साँगा–बनेपाको निर्माणका लागि सम्भाव्यता अध्ययन सुरू हुने भएको छ।
यी सुरुङमार्ग निर्माणका लागि १ अर्ब १९ करोड बजेट विनियोजन गरिएको उनले बताएका हुन्।त्यस्तै सरकारले चक्रपथ विस्तारका लागि १ अर्ब रूपैयाँ बजेट विनियोजन गरेको छ।बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले काठमाडौं उपत्यकाको सवारी चापलाई व्यवस्थापन गर्न कंलकी–नारायणगोपाल चोक विस्तार खण्डका लागि १ अर्ब रूपैयाँ विनियोजन गरिएको बताएका हुन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे