नेपाल नक्साप्रकाशित मिति: २०७९ जेष्ठ १६, सोमबार (३ साल अघि)
भक्तपुर जिल्ला सूर्यबिनायक नगरपालिका बालकोटकी यमन थापाले गरिन् अमेरीकाको बिश्वबिद्यालय टप
3,167 Views
भक्तपुर जिल्ला सूर्यबिनायक नगरपालिका बालकोटकी यमन थापाले अमेरिकाको बिश्वबिद्याल टप गरेकी छन्। उनले ब्याचलर डिग्रीमा 3.98 जीपिए ल्याएर केमेष्ट्री बिषयमा काल्डवेयल विश्वविद्यालय टप गरेकी छन्। हालै उनले कोल्ड स्प्रिङ हार्बर ल्याब्रोटरीबाट पूर्ण छात्रबृत्तिमा पिएचडी गर्न समेत पाउने भएकी छन्। उनले २०२१ का लागि स्टुडेन्ट लिडरशिप अवार्ड समेत जितेकी थिईन्।
अमेरिकन केमिकल सोसार्ईटी एसीएसको छनोटमा उनले उक्त अवार्ड पाएकी थिईन्।
सानै देखि लगनशिल मेहेनति यमनले परिबारको मात्र नभई देशको सान उँचो बनाएकोमा गर्बले छाती फुलेको यमनका पिता बिमल थापा ले बताउछन्।बिश्वबिद्यालयको दिक्षान्त समारोहको तस्विरमा यमले अन्तराष्ट्रिय विध्यार्थीहरु सामु दिक्षान्तमा शुभकामना समेत दिएकी छन्।