
काठमाडौं। एमालेबाट काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार केशव स्थापितले नवनिर्वाचित मेयर बालेन साहलाई बधाई दिएका छन्। स्थापितले बालेन साहलाई शुभकामना दिँदै रचनात्मक सहयोग गर्ने बताएका छन् ।
उनले काठमाडौंको विकास र समृद्धिसँगै मेयर बालेनले चालेका हरेक सकारात्मक काममा रचनात्मक सहयोग अवश्य रहने भन्दै हरेक कमजोरीमा भने निरन्तर खवरदारी गरिरहने बताए ।
म पटक–पटक लडेर पनि फेरि धुलो टक्टक्याएर उठेको व्यक्ति हुँ। त्यसैले मैले यो लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्य रूपमा लिएको छु। काठमाडौँ म र मेरो पुस्तौ–पुस्ता जन्मिएको माटो हो। त्यसैले मलाई यहाँको माटो, यहाँको सम्पदा, यहाँको सँस्कृति, यहाँको विकास, यहाँको समृद्धिप्रति अगाध स्नेह छ, अगाध प्रेम छ,’ शुक्रबार जारी गरेको विज्ञप्तिमा स्थापितले भनेका छन्।
उनले निर्वाचित मेयर बालेन शाह र उपमेयर सुनिता डंगोललाई शुभकामना दिँदै उनीहरूले हरेक मतपत्रको सम्मान गर्नेछन् भन्ने अपेक्षा लिएको पनि बताएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे