
काठमाडौं । काठमाडौं महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयर उम्मेदवार भई पराजित भएकी नेपाली कांग्रेसकी नेता सिर्जना सिंहले मेयर, उपमेयर र वडाध्यक्षलगायत निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई दिएकी छन्।
निर्वाचित मेयर बालेन्द्र साह लाई बधाई दिंदै सिंहले भनेकी छन्, ‘विजयी हुने गरी निश्चय नै मत जित्न सकिन तर नगरवासी आमाबुबा, दिदिबहिनी, दाजुभाइको मन जित्न सकें ।
बिहीबार बेलुकी निर्वाचन अधिकृत कार्यालयले मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह र उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल निर्वाचित भएको औपचारिक घोषणा गरेलगत्तै सिंहले बधाई दिएकी हुन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे