काठमाडौँ, २८ बैशाख । श्री एयरलाइन्सको विमान आपतकालीन अवतरण गरिएको छ ।
बुधबार काठमाडौंबाट धनगढी उडेको उक्त जहाजको इन्जिन फेल भएपछि काठमाडौंमै फर्काएर अवतरण गरिएको हो ।
विमानस्थल प्रहरी प्रमुख एसएसपी भीम ढकालले श्री एयरलाइन्सको विमान आपतकालीन अवतरण भएको जानकारी दिए ।
उनका अनुसार जहाज सकुशल अवतरण गरिएको छ । उक्त जहाजमा ८७ जना यात्र रहेको विमानस्थल स्रोतले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे