
ललितपुर महानगरपालिका वडा न १० का ८१ वर्षीय नरसिंह व्यञ्जनकाले वडाध्यक्षमा स्वतन्त्रबाट उम्मेद्वारी दर्ता गराएका छन्र ।उनले ललितपुर-१० को वडाध्यक्षमा पहिलो नम्बरमा उम्मेदवारी दर्ता गराएका हुन् ।यसअघि पनि उनले १० पटकसम्म उनले वडाध्यक्ष जितेका थिए ।
व्यञ्जनकारले अहिलेसम्म कुनै चुनाव हारेका छैनन् । विसं २०२९ सालदेखि लगातार वडाध्यक्षमा चुनाव जित्दै आएका छन् ।२०२९ मा ललितपुर नगरपालिका वडा नम्बर १ बाट अध्यक्षमा जितेका थिए ।
उनलाई चुनावमा विभिन्न पार्टीले टिकट दिन खोजे पनि उनी लिन मान्दैनन् । ८१ वर्षीय नरसिंह व्यञ्जनका भन्छन्र राजनीतिक पार्टीबाट चुनाव जित्दा पिँजडाको सुँगा जस्तो हुन्छ आफ्नो हकअधिकार पार्टीको स्वार्थमा प्रयोग हुन्छ ।त्यसैले स्वतन्त्रबाट उठेको हुँ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे