
काठमाडौँ, २९ चैत । भरतपुर महानगरपालिका माओवादीलाई दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तयार भएका छन् ।
गठबन्धन जोगाउन भन्दै देउवा भरतपुर महानगरपालिका दोस्रो पटक माओवादीलाई दिन तयार भएका हुन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरको मेयर आफनो पार्टीबाट हुनु पर्नै दाबी गर्दै आइरहेका थिए । प्रचण्डले छोरी रेनु दाहाललाई मेयर बनाउने प्रस्ताव गरेको बुझिएको छ ।
पार्टीका स्थानीय नेता–कार्यकर्ताको तीव्र दबाबका बाबजुद भरतपुर महानगरपालिका माओवादीलाई दिन गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसका सभापति देउवा तयार भएका हुन् ।
चैत १५ मा चितवन कांग्रेसले सर्वसम्मतिबाट मेयर आफुले पाउनुपर्ने निर्णय गरेको थियो । जिल्लाले गरेको निर्णय कार्यान्वयन गर्न दबाब दिँदै चितवनका कांग्रेस नेताहरूले प्रधानमन्त्री देउवा, नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई छुट्टाछुट्टै भेटेर ज्ञापनपत्र समेत बुझाएका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे