
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको कडा निर्देशनपछि वर्षौँदेखि नउठेको औद्योगिक क्षेत्रको भाडा बक्यौता ठूलो मात्रामा असुल भएको छ। लामो समयदेखि भाडा नतिरेका उद्योग तथा कार्यालयहरूबाट दुई साताभित्रै ४२ करोड ५४ लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ। केही उद्योगहरूले वि.सं. २०४५ सालदेखि नै भाडा नतिरेको पनि पाइएको छ।
मन्त्रीको निर्देशनपछि करिब ६ सयभन्दा बढी उद्योगलाई भाडा तिर्न सूचना जारी गरिएको थियो। त्यसपछि धेरैले धमाधम बक्यौता चुक्ता गरेका छन्। तर अझै भाडा नतिर्ने ४५ वटा उद्योगको विद्युत् लाइन काटिएको छ। सुरुमा काटिएका २ सयभन्दा बढी उद्योगले भाडा तिरेपछि लाइन पुनः जोडिएको थियो।
लिमिटेडका अनुसार सबै बक्यौता नतिरेसम्म बाँकी उद्योगको विद्युत् लाइन नजोड्ने निर्देशन दिइएको छ। यस कदमले भाडा असुलीमा ठूलो सफलता मिलेको अधिकारीहरूले बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे