
काठमाडौँ । उच्च अदालत पाटनका उपरजिस्ट्रार डिल्लीप्रसाद पराजुलीको निधन भएको छ। उहाँको मंगलबार बिहान निधन भएको अदालतले जनाएको छ।
अदालतका सूचना अधिकारीका अनुसार पराजुली बिहान नुहाउन जाने क्रममा अचानक असहज महसुस गरेका थिए। त्यसपछि उहाँलाई तुरुन्तै भक्तपुरस्थित अस्पताल लगिएको थियो। तर उपचारका क्रममा उहाँको अस्पतालमै निधन भएको हो।
प्रारम्भिक अनुमान अनुसार हृदयाघातका कारण निधन भएको हुन सक्ने बताइएको छ, यद्यपि आधिकारिक पुष्टि भएको छैन। उहाँको निधनपछि उच्च अदालत पाटनका सबै सुनुवाइ स्थगित गरिएको छ। परिवारले उहाँको अन्त्येष्टि पशुपतिमा गर्ने तयारी गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे