
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ देखि नेपाल प्रहरीलाई पनि हरेक १५ दिनमा तलब दिने व्यवस्था लागू गर्ने भएको छ। प्रहरी प्रधान कार्यालय, प्रशासन विभागले देशभरका कार्यालयहरूलाई पत्राचार गर्दै अर्थ मन्त्रालयको निर्णयअनुसार नयाँ प्रणाली लागू गर्न निर्देशन दिएको हो।
महालेखा नियन्त्रक कार्यालयको पत्र अनुसार अबदेखि राष्ट्रसेवक कर्मचारीहरूको तलब महिनामा दुई पटक, अर्थात् प्रत्येक १५ दिनमा एक पटक भुक्तानी गरिनेछ। यसलाई अर्धमासिक तलब प्रणाली भनिएको छ।
प्रहरी प्रधान कार्यालयले सबै सम्बन्धित कार्यालयलाई यो व्यवस्था अनुसार तयारी गर्न आग्रह गरेको छ। साथै, कल्याण महाशाखालाई पनि आर्थिक प्रणालीलाई नयाँ नियमअनुसार अपडेट गर्न भनिएको छ।
यो नयाँ प्रणाली आगामी आर्थिक वर्षदेखि लागू भएपछि प्रहरी कर्मचारीहरूले महिनामा दुई पटक तलब पाउनेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे