
काठमाडौं । नेपाल प्रहरीले लामो समयदेखि कार्यालयमा उपस्थित नभएका १२ जना प्रहरी कर्मचारीलाई अन्तिम चेतावनी दिएको छ। प्रहरी प्रधान कार्यालयले उनीहरूलाई ७ दिनभित्र कार्यालयमा हाजिर हुन र गैरहाजिर हुनुको कारणसहित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो।
प्रहरीका अनुसार यसअघि पनि सार्वजनिक सूचना जारी गरेर सम्पर्कमा आउन भनिएको थियो। तर सम्बन्धित कर्मचारीहरू सम्पर्कमा नआएपछि अन्तिम अवसर दिइएको हो।
यदि तोकिएको ७ दिनभित्र उनीहरू कार्यालयमा उपस्थित नभए वा चित्तबुझ्दो स्पष्टीकरण नदिए, प्रहरी नियमावली २०७१ अनुसार उनीहरूलाई सेवाबाट हटाउने प्रक्रिया अघि बढाइने नेपाल प्रहरीले जनाएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे