
काठमाडौँ । नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेपछि मंगलबार एकै दिन दुई महत्वपूर्ण बैठक बोलाएको छ। सोमबार सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा सुर्खेतबाट पक्राउ परेका पौडेलको विषयमा धारणा बनाउन संसदीय दल र सचिवालय बैठक आह्वान गरिएको हो।
एमाले संसदीय दलको बैठक दिउँसो २ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। त्यसैगरी, साँझ ६ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा सचिवालय बैठक बस्दै छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे