
काठमाडौँ । नेपाल राष्ट्र बैंकले गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको हस्ताक्षर भएको नयाँ सिरिजको ५०० रुपैयाँको नोट बुधबारदेखि चलनचल्तीमा ल्याएको छ। नयाँ नोटको आकार र मुख्य डिजाइन पुरानै जस्तै भए पनि यसमा थप आधुनिक सुरक्षा विशेषता राखिएको छ।
राष्ट्र बैंकका अनुसार नयाँ नोटमा सगरमाथाको चित्र, राष्ट्रिय फूल लालीगुराँसको पानी छाप तथा दृष्टिविहीन व्यक्तिले सजिलै चिन्न सक्ने दुईवटा काला थोप्ला समावेश गरिएको छ। साथै, नोटमा प्रयोग गरिएको विशेष सुरक्षण धागो र रंग परिवर्तन हुने सुरक्षा चिन्हले नक्कली नोट नियन्त्रणमा मद्दत गर्ने अपेक्षा गरिएको छ।
नोटको पछाडिको भागमा नेपालको जैविक विविधताको प्रतीकका रूपमा पाटे बाघको चित्र राखिएको छ। नयाँ सिरिजअन्तर्गत करिब ३० लाख थान ५०० रुपैयाँका नोट बजारमा आउने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार यो नयाँ नोटले राष्ट्रिय पहिचान झल्काउनुका साथै आधुनिक सुरक्षा प्रविधि र सबैका लागि सहज प्रयोगलाई पनि प्राथमिकता दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे