
काठमाडौँ । बिपी राजमार्गको बुच्चाकोट नजिक सेल्फी डाँडामा बस दुर्घटना भएको छ । काभ्रेपलान्चोकको बनेपाबाट जिल्लाको रोसी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको ब ३ ख ८३९८ नम्बरको यात्रुवहाक बस शुक्रबार दिउँसो दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका १५ जनालाई उद्धार गरी धुलिखेल अस्पताल पठाइएको छ ।
बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरे जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस बीपी राजमार्गको नमोबुद्ध नगरपालिका(२ बुच्चाकोटमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा हालसम्म सात जनाको मृत्यु भएको छ । घटनामा धेरैले यात्रु हताहत भएको अनुमान गरिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे