
काठमाडौँ । संसदमा देखिएको विवाद समाधान गर्न सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलका नेताहरूसँग छलफल गरिरहेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा नेपाल–भारत सीमा सम्बन्धी दिएको अभिव्यक्तिपछि विपक्षी दलहरूले आपत्ति जनाउँदै संसद अवरुद्ध गरेका छन्।
यसै विषयलाई समाधान गर्न सिंहदरबारस्थित संसद भवनमा लामिछानेले नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूसँग छलफल गरेका छन्। छलफलमा कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, माओवादी नेता वर्षमान पुन र राप्रपा प्रमुख सचेतक खुश्बु ओलीलगायत सहभागी छन्।
यसअघि विपक्षी दलहरू सिंहदरबारमै छुट्टै बैठक बसेर साझा धारणा बनाइरहेका थिए। संसदको गतिरोध अन्त्य गर्न अहिले छलफल जारी छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे