
काठमाडौँ । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। अघिल्लो दिन प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १० हजार १०० रुपैयाँले घटेर २ लाख ९१ हजार ८०० रुपैयाँमा पुगेको छ।
यसैगरी चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ९२५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८५ रुपैयाँले घटेर ४ हजार ७४० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बजारमा लगातार देखिएको उतारचढावका बीच सुन र चाँदी दुवैको मूल्य घटेपछि उपभोक्तालाई केही राहत मिलेको छ। अन्तर्राष्ट्रिय बजारको प्रभाव र माग–आपूर्तिको अवस्थाका कारण मूल्यमा यस्तो परिवर्तन भएको व्यवसायीहरूको भनाइ छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे