
काठमाडौँ । सरकारले एकैपटक कम्तीमा करिब साढे १५ हजार निजामती कर्मचारीलाई अवकाश दिने गरी संघीय निजामती सेवा विधेयकको गृहकार्य अघि बढाएको छ । सरकारले निजामती सेवामा ठूलो परिवर्तन गर्ने तयारी गरेको छ। नयाँ कानुन लागू भएमा ५५ वर्ष उमेर पुगेका वा ३० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई एकैपटक अनिवार्य अवकाश दिइनेछ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको निजामती सेवा विधेयकको मस्यौदामा यस्तो विशेष व्यवस्था प्रस्ताव गरिएको हो। यो व्यवस्था एकपटकका लागि मात्र लागू हुनेछ। त्यसपछि भने कर्मचारीको नियमित अवकाश उमेर ६० वर्ष रहनेछ।
सरकारी तथ्यांकअनुसार नयाँ व्यवस्था लागू भए करिब १० हजार कर्मचारी एकैपटक अवकाशमा जानेछन्। सामान्यतया हरेक वर्ष २ हजारदेखि ३ हजार कर्मचारी मात्र अवकाशमा जाने गर्छन्।
चालु आर्थिक वर्षमा २ हजार २ सय ११ कर्मचारी नियमित रूपमा अवकाशमा जाने तय भइसकेका छन्। तर नयाँ कानुन आएमा थप हजारौं कर्मचारीले पनि सेवा छाड्नुपर्ने अवस्था आउनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे