
काठमाडौँ । संघीय संसदका दुबै सदनको बैठक आज दिउँसो १ बजे बस्दैछ। प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकमा विभिन्न महत्वपूर्ण विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ।
प्रतिनिधिसभामा सभामुख डीपी अर्यालले राष्ट्रपति कार्यालयबाट आएका विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने छन्। त्यसपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेटमाथि छलफल सुरु गरियोस् भन्ने प्रस्ताव राख्नेछन्। त्यसपछि बजेटबारे सामान्य छलफल सुरु हुनेछ।
तर, बैठक सहज रूपमा चल्ने सम्भावना कम देखिएको छ, किनकि विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर विरोध गर्दै आएका छन्।
यस्तै, राष्ट्रियसभामा पनि विधेयकसम्बन्धी पत्र पढिनेछ र विभिन्न आर्थिक विधेयक तथा बजेटमाथि छलफल अघि बढाइने कार्यसूची छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे