
काठमाडौँ । सुदूरपश्चिम विश्वविद्यालयमा विभिन्न संकायका लागि नयाँ डीन नियुक्त गरिएको छ। सोमबार विश्वविद्यालयका निमित्त उपकुलपति प्राध्यापक डा. यज्ञराज पाठकले चार जना प्राध्यापकलाई डीनको जिम्मेवारी दिएका हुन्।
विज्ञान तथा प्रविधि संकायको डीनमा प्राध्यापक डा. भवानी चन्द ठकुरी नियुक्त भएका छन्। त्यस्तै व्यवस्थापन संकायको डीनमा कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक केशवराज भट्टलाई जिम्मेवारी दिइएको छ।
मानविकी तथा सामाजिक शास्त्र संकायको डीनमा प्राध्यापक सुरेश सिंह भण्डारी नियुक्त भएका छन्। शिक्षा शास्त्र संकायको डीनमा सहप्राध्यापक लाल सिंह कार्कीलाई नियुक्त गरिएको छ।
विश्वविद्यालयले विभिन्न संकायको शैक्षिक तथा प्रशासनिक कामलाई अझ प्रभावकारी बनाउन यी नियुक्ति गरिएको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे