
काठमाडौँ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज नयाँ दिल्लीस्थित भारतीय जनता पार्टी (भाजपा)को मुख्यालयमा उच्चस्तरीय भेटघाट गर्ने भएका छन्।
भेटवार्तामा भाजपा अध्यक्ष नितिन नवीनसहित पार्टीका वरिष्ठ नेताहरू सहभागी हुने बताइएको छ। रवि लामिछाने नेतृत्वको टोली र भाजपा नेतृत्वबीच नेपाल–भारत सम्बन्ध, लोकतान्त्रिक अभ्यास, राजनीतिक अनुभव आदानप्रदान तथा दुई देशबीचको सहकार्यका विषयमा छलफल हुने जनाइएको छ।
रास्वपाका अनुसार भेटवार्ताले नेपाल र भारतबीचको सम्बन्धलाई अझ मजबुत बनाउन तथा दुवै देशका राजनीतिक दलहरूबीच आपसी समझदारी र सहकार्य बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। पाँचदिने भारत भ्रमणका क्रममा लामिछानेले विभिन्न राजनीतिक तथा कूटनीतिक भेटघाटलाई निरन्तरता दिइरहेका छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे