
काठमाडौँ । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह पक्राउ परेका छन्। लिखतसम्बन्धी कसुरको आरोपमा पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको १० दिनपछि प्रहरीले उनलाई पर्साको ठोरी क्षेत्रबाट पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार सिंह लुकीछिपी बसेको अवस्थामा फेला परेका थिए। उनीमाथि अर्काकी छोरीको नाममा नक्कली हस्ताक्षर गरेर जन्मदर्ता, नागरिकता र राहदानी बनाउन सहयोग गरेको आरोप छ।
यस विषयमा लियाकत अलीले दिएको जाहेरीका आधारमा मुद्दा दर्ता भएको थियो। पर्सा जिल्ला अदालतले गत जेठ ८ गते जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाएर राजेशमान सिंहसहित तीन जनालाई खोजी गरी अदालतमा उपस्थित गराउन निर्देशन दिएको थियो।
प्रहरीले पक्राउपछि सिंहमाथि लागेको आरोपबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे