
काठमाडौं। माइतीघर मण्डलामा सुकुम्वासीहरूले सरकारविरुद्ध प्रदर्शन गरेका छन्। आफूहरूलाई जबरजस्ती उठीबास लगाइएको भन्दै उनीहरूले भूमि अधिकार सुरक्षित गर्न माग गर्दै सडकमा उत्रिएका हुन्।
प्रदर्शनकारीहरूले विभिन्न नारासहितको प्लेकार्ड बोकेका थिए। “होइ सरकार होइ–मेरो घर खोइ”, “जनताको सरकार कि डोजरे सरकार?”, “सिंहदरबार रमायो–सुकुम्वासी रुवायो”, “नेताको महल ठिक–गरिबको टहरा बेठिक” जस्ता नाराहरू प्रदर्शनका क्रममा उठाइएको थियो।
प्रदर्शनकारीहरूले राज्यले भूमिहीन तथा सुकुम्वासी समुदायप्रति न्याय नगरेको आरोप लगाउँदै तत्काल समाधानको माग गरेका छन्। उनीहरूले व्यवस्थित पुनर्वास र भूमि अधिकार सुनिश्चित नगरी गरिएको हटाउने कार्य अन्यायपूर्ण भएको बताएका छन्।
सडक प्रदर्शनका क्रममा माइतीघर क्षेत्रमा केहीबेर तनावपूर्ण अवस्था बनेको थियो। प्रहरीले स्थिति नियन्त्रणमा राखेको जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे