
काठमाडौं। विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहणको स्मरणमा मनाइने सगरमाथा दिवस आज देशभर विभिन्न कार्यक्रमसहित मनाइएको छ।
नेपाल पर्यटन बोर्ड तथा सम्बन्धित सरोकारवाला निकायहरूको संयुक्त आयोजनामा प्रभातफेरि कार्यक्रम सम्पन्न गरिएको हो। कर्मचारी सञ्चय कोष परिसरबाट सुरु भएको प्रभातफेरि जमलस्थित नाचघरमा पुगेर औपचारिक समारोहमा परिणत भएको थियो।
कार्यक्रमको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको प्रमुख आतिथ्यमा गरिएको थियो। समारोहमा सगरमाथा आरोहण, पर्यटन प्रवर्द्धन तथा हिमाल संरक्षण क्षेत्रमा योगदान पुर्याएका विशिष्ट व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको आयोजकले जनाएको छ।
हरेक वर्ष मे २९ तारिखका दिन मनाइने सगरमाथा दिवस सन् १९५३ मा न्यूजिल्यान्डका सर एडमन्ड हिलारी र नेपाली शेर्पा तेन्जिङ नोर्गेले सगरमाथाको पहिलो सफल आरोहण गरेको ऐतिहासिक घटनाको सम्झनामा मनाइन्छ। त्यसयता यो दिन नेपालमा पर्यटन र पर्वतीय संस्कृतिसँग जोडिएको महत्वपूर्ण दिवसका रूपमा मनाइँदै आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे