
रुपन्देही । कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रुपन्देहीस्थित श्री पशुपति माध्यमिक विद्यालयलाई कूलर सहयोग गरेको छ। बैंकले आफ्नो शाखा कार्यालय कोटिहवा मार्फत विद्यालयलाई तीन थान कूलर हस्तान्तरण गरेको हो।
बुटवल क्षेत्र प्रमुख हेमन्तबाबु आचार्यले विद्यालयका प्रधानाध्यापक वेद नारायण भट्टराईलाई कूलर हस्तान्तरण गर्नुभएको हो। विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई गर्मी मौसममा अध्ययन–अध्यापन सहज बनाउन उक्त सहयोग प्रदान गरिएको बैंकले जनाएको छ।
कूलर जडानपछि कक्षाकोठाको तापक्रम घटेर शिक्षण–सिकाइ वातावरण अझ सहज हुने अपेक्षा गरिएको विद्यालय प्रशासनले जनाएको छ। प्रधानाध्यापक भट्टराईले यस्तो सहयोगले विद्यार्थीहरूको पठनपाठनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभएको छ।
त्यसैगरी, बैंकका क्षेत्र प्रमुख आचार्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आगामी दिनहरूमा पनि सरोकारवालासँगको सहकार्यमा यस्ता सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभएको छ।
कार्यक्रममा बैंकका कर्मचारी, विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे