
काठमाडौँ । विश्वविद्यालय तथा मातहतका आङ्गिक क्याम्पसहरूमा शिक्षक–विद्यार्थी अनुपात असन्तुलित देखिएको छ। उपलब्ध विवरणअनुसार विश्वविद्यालयको औसत शिक्षक–विद्यार्थी अनुपात १ः७ रहेको भए पनि विभिन्न संकाय र क्याम्पसहरूबीच ठूलो असमानता देखिएको हो।
जनसङ्ख्या तथा विकास केन्द्रमा पाँच शिक्षक कार्यरत रहे पनि विद्यार्थी सङ्ख्या शून्य रहेको पाइएको छ। यस्तै, स्कुल अफ मेनेजमेन्टमा २५ शिक्षक हुँदा शिक्षक–विद्यार्थी अनुपात १ः५ रहेको छ भने स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीमा १० शिक्षकसहित अनुपात १ः८ कायम रहेको देखिएको छ।
जनता आदर्श बहुमुखी क्याम्पसमा ११ शिक्षक रहेर अनुपात १ः१३ रहेको छ भने स्कुल अफ हेल्थ साइन्सेजमा ३३ शिक्षक हुँदा अनुपात १ः५ रहेको देखिएको छ। त्यसैगरी, जी.पी. कोइराला कलेज अफ एग्रीकल्चर एण्ड रिसर्च सेन्टरमा आठ शिक्षकसहित अनुपात १ः६ तथा कलेज अफ इन्भाइरोमेन्ट एण्ड फरेष्ट्रीमा चार शिक्षकसहित अनुपात १ः३ रहेको छ।
कलेज अफ ल मा भने चार शिक्षकका भरमा १ः५८ को शिक्षक–विद्यार्थी अनुपात देखिएको छ, जसले कानुन शिक्षामा शिक्षक अभावको अवस्था संकेत गरेको छ। स्कुल अफ इन्जिनियरिङ्गमा २८ शिक्षक रहेकोमा अनुपात १ः७ कायम छ।
विश्वविद्यालयअन्तर्गत केही संस्थामा शिक्षकको तुलनामा विद्यार्थी अत्यन्त कम र केहीमा अत्यधिक चाप देखिएकाले शैक्षिक व्यवस्थापन, जनशक्ति योजना तथा स्रोत वितरणमा प्रभावकारिता अभाव देखिएको सरोकारवालाहरूले बताएका छन्। विश्वविद्यालय तथा मातहतका शैक्षिक संस्थाहरूमा उपयुक्त शिक्षक–विद्यार्थी अनुपात निर्धारण गरी शैक्षिक कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे