
काठमाडौँ । मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकर इद (इदुल जोहा) आज देशभर मनाइँदै छ । बिहानैदेखि मुस्लिम धर्मावलम्बीहरू मस्जिद र इदगाहमा पुगेर सामूहिक नमाज पढिरहेका छन् । नमाजपछि एकअर्कालाई शुभकामना साटासाट गर्दै धार्मिक परम्पराअनुसार कुर्बानी दिने चलन पनि रहेको छ ।
रमजान पर्वको करिब ७० दिनपछि मनाइने बकर इद मुस्लिम समुदायका लागि विशेष पर्व मानिन्छ । यस अवसरमा घरघरमा मिठाई, फलफूल र विभिन्न मासुका परिकार बनाएर परिवारसँग खुसी साट्ने गरिन्छ ।
काठमाडौँका घण्टाघरस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिद, स्वयम्भू जामे मस्जिद, खुसीबु जामे मस्जिद लगायत देशभरका मस्जिद र इदगाहमा आज बिहानदेखि भक्तजनको भीड लागेको छ ।
हिन्दु समुदायले दशैँ मनाएजस्तै मुस्लिम समुदायले पनि बकर इदलाई ठूलो धार्मिक पर्वका रूपमा मनाउने गर्दछन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे