
काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे सुरु हुनेछ ।
आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभाबाट आएको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी विधेयक टेबुल गरिनेछ । साथै अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्नेछन् ।
त्यसैगरी सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले चलचित्र विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ ।
राष्ट्रियसभामा पनि अर्थमन्त्री वाग्लेले आर्थिक सर्वेक्षण प्रस्तुत गर्नेछन् । साथै वैकल्पिक विकास वित्त परिचालन विधेयकमाथि छलफल अघि बढाउने प्रस्ताव पनि बैठकमा पेश हुने सम्भावना रहेको संसद् सचिवालयले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे