
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा परीक्षा सकिएको ४५ दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डले अहिले नतिजा प्रकाशनको काम तीव्र रूपमा अघि बढाइरहेको जनाएको छ ।
परीक्षा सकिएको दुई सातामात्रै भए पनि आधाभन्दा बढी काम सकिएको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिएका छन् । उनका अनुसार उत्तरपुस्तिका परीक्षण, प्राप्ताङ्क जाँच र कम्प्युटरमा नम्बर प्रविष्ट गर्ने काम एकसाथ भइरहेको छ ।
यसपटक नतिजा छिटो सार्वजनिक गर्न परीक्षा सकिएको दिनदेखि नै उत्तरपुस्तिका जाँच सुरु गरिएको थियो । देशभरका ४२ केन्द्रमा कापी परीक्षण भइरहेको छ ।
यस वर्ष कक्षा १२ को परीक्षामा चार लाख १८ हजार विद्यार्थी सहभागी भएका थिए । बोर्डले यसअघि एसइईको नतिजा पनि २९ दिनमै सार्वजनिक गरेको थियो । पहिले भने एसइई र कक्षा १२ को नतिजा आउन करिब तीन महिना लाग्ने गरेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे